|
|
|
|
|
|
| Press Release |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
| Message From President (सन्देश) |
|
सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट सोनाम ल्होसारको अवसरमा दिनु भएको शुभकामना सन्देश
Tuesday, 24th January, 2012
सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यस सोनाम ल्होसारलाई विशेष गरी तामाङ जातिले आफ्नो परम्परा अनुसार मनाउँदै आइरहेको पाइन्छ । विविधताकाबीच एकताको सूत्रमा राष्ट्रलाई बाँधीराख्ने कार्यमा यस प्रकारका चाडपर्वहरूले उर्जा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
सोनाम ल्होसार नेपालीको धार्मिक र सांस्कृतिक एकताको एउटा माध्यमको रूपमा रहिरहन सकोस् भन्ने कामना गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
सबै नेपालीको जय होस् ।
मिति २०६८ माघ १० गते मङ्गलवार ।
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
| |
|