|
|
|
|
|
|
| Press Release |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
| Recent Events |
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले लुम्बिनीमा आयोजित विशेष समारीहमा लुम्बिनी भ्रमण वर्ष २०१२ को शुभारम्भ गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल पर्यटन वर्ष २०११ सफलतापूर्वक सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिँदै लुम्बिनी भ्रमण वर्षमा अत्यधिक पर्यटकहरूलाई हार्दिक स्वागत गर्न सम्पूर्ण नागरिक तथा सरोकारवालाहरूमा आव्हान गर्नुभएको थियो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले राष्ट्रपतिभवन, शीतलनिवासमा आयोजित एक समारोहमा प्रसिद्ध हिमाल आरोही तथा जलवायु परिवर्तन सम्बन्धी सार्क राजदूत श्री आप्पा शेर्पा, जलवायु परिवर्तन परिषद्का सदस्य श्री दावा स्टेभन शेर्पा, फोटोग्राफर श्री समिरजंग थापा र श्री सौरभ ढकाल सम्मिलित टोलीलाई राष्ट्रिय झण्डा प्रदान गरी Great Himalayan Trail (करीब १७०० कि.मि.) पदमार्गमा गरिने पदयात्राको शुभारम्भ गर्नुभयो । उक्त समारोह हिमालयन क्लाइमेट इनिसिएटिभ् र वातावरण मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको थियो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा प्रशासकीय अदालत रजत जयन्ती वर्ष समारोहका अवसरमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष, पूर्व प्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष श्री केदारनाथ उपाध्याय तथा प्रशासकीय अदालतका पूर्व अध्यक्ष, सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री केदारनाथ आचार्यलाई सम्मान प्रदान गर्नुभयो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले महाराजगञ्ज, काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कान्ति बाल अस्पतालको ५०औं वार्षिक उत्सव तथा स्वर्ण महोत्सव समारोहको समुद्घाटन गर्नुभयो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले शीतलनिवासमा श्री वेङ्कटेश मन्दिर (देवस्थान) द्वारा प्रकाशित ‘श्रीमद्भागवतामृत’ र ‘तिरुप्पावै–श्रीव्रतप्रबन्ध’ ग्रन्थहरूको लोकार्पण गर्नुभयो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले शीतलनिवासमा चारुमती बुद्धिष्ट मिशन नेपालद्वारा प्रकाशित “२३ सय वर्ष पुरानो ऐतिहासिक चारुमती स्तूप” नामक अनुसन्धानात्मक पुस्तकको विमोचन गर्नुभयो । श्री जुनु बासुकला रञ्जितकारबाट लिखित उक्त पुस्तकमा सम्राट अशोक र चारुमती, चारुमती स्तूप, चाबहिल शब्दको व्यूत्पत्ति, चारुमती स्तूप वरिपरिका अभिलेखहरूका साथै स्तूप जीर्णोद्धारको इतिहास लगायतका विषयहरू समेटिएको छ । ..Full story
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले शीतलनिवासमा ‘माटो र मुटु’ गीति एल्बमको लोकार्पण गर्नुभयो । चुडामणी देवकोटाको शब्द, शक्ति बल्लभको संगीत तथा सुरेश मानन्धर, सुमित खड्का, आनन्द कार्की, स्वरुपराज आचार्य, शिशिर योगी, रामभक्त जोजिजु/इतु जोजिजु, मीलन अमात्य र सपनाश्रीको स्वर रहेको गीति एल्बमले शान्ति र राष्ट्रप्रेमको भावनालाई समेटेको छ । ..Full story
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले शीतलनिवासमा मृगेन्द्र सम्झना चिकित्सा गुठीद्वारा प्रकाशित 'Struggle for Social Service in Nepal' पुस्तकको विमोचन गर्नुभयो । पुस्तकले गुठीका संरक्षक डा. मृगेन्द्रराज पाण्डेको जीवनयात्रालाई समेटेको छ । ..Full story
आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट श्री सिद्धिगणेश उच्च मा.वि. गागलफेदी, काठमाडौंका विद्यार्थीहरूसंग शीतलनिवासमा भेटघाट भयो । उक्त भेटघाटका अवसरमा सम्माननीय राष्ट्रपतिबाट विद्यार्थीहरुले जिज्ञासाहरुको जवाफ दिनुभएको थियो । ..Full story
आज सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले शीतलनिवासमा एक समारोहबीच ‘को १ च ७’ पुस्तकको विमोचन गर्नुभयो । पुस्तकले समाजसेवी श्री राज्यलक्ष्मी गोल्छाको जीवनयात्रालाई समेटेको छ । ..Full story
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
| |
|