Press Release
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा संवत् २०६९ साल जेठ ४ गते बिहीबारका दिन दिनको १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा व्यवस्थापिका–संसदको एघारौं अधिवेशन आह्वान गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसंग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले नियमित भेट गर्नुभयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले संविधान निर्माण प्रक्रियाका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूलाई अवगत गराउनु भएको थियो ।
२०६९ वैशाख ३० गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा मौजुदा मन्त्रिपरिषद्का मन्त्री माननीय श्री राजेन्द्र महतोलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री पदमा पद तथा गोपनीयताको शपथ गराउनु भयो । समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय मन्त्रीज्यूहरू, राजनीतिक दलका नेताहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
२०६९ वैशाख २७ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसँग संविधान सभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्गज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो । भेटका अवसरमा वहाँहरूबीच संविधान निर्माण र आगामी दिनका कार्यतालिकाका विषयमा छलफल भएको थियो ।
२०६८ चैत्र २२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमदत्त नगरपालिका वडा नं. १८, कञ्चनपुरका डा. मायाकुमारी शर्मालाई स्टेट अफ कतारका लािग, मादन कुँडारी गा.वि.स. वडा. नं. ४, काभ्रेपलाञ्चोकका श्री कमानसिंह लामालाई गणतन्त्र कोरियाका लागि नेपाली राजदुतमा नियुक्ति गर्नु भएको छ । त्यसै गरि सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विराटनगर उप–महानगरपालिका वडा नं. १०, मोरङ्गका डा. महेशकुमार मास्केलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैर आवासीय राजदुत र अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदुत श्री श्यामलाल तवदारलाई गणतन्त्र ट्यूनिसियाका लागि पनि गैर आवासीय राजदुत नियुक्त गर्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

Recent Events

२०६९।१।२९ शुक्रवार
Monday, 14th May, 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रपति भवन, शीतलनिवासमा शब्द संयोजन साहित्यिक मासिक मोदनाथ प्रश्रित विशेषाङ्को विमोचन गर्नुभयो । समारोहमा प्रा.राजेन्द्र सुवेदी, प्रा. डा. माधव प्रसाद पोखरेल, श्री मोदनाथ प्रश्रित, श्री वासुदेव अधिकारी र डा.जीवेन्द्रदेव गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो । ..Full story

२०६९।१।२५ सोमवार
Monday, 14th May, 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा प्रा.डा.लोकराज बरालद्वारा लिखित NEPAL-Nation-State In The Wilderness पुस्तकको विमोचन गर्नुभयो । समारोहमा सेज प्रकाशन भारतका प्रमुख श्री विवेक मेहरा, संवैधानिक सम्वाद केन्द्रका राष्ट्रिय निर्देशक प्रा.कृष्ण प्रसाद खनाल, वरिष्ठ पत्रकार तथा स्तम्भकार श्री आदित्य मान श्रेष्ठ, मण्डला बुक प्वाइन्टका प्रमुख श्री माधव महर्जन तथा प्रा.डा.लोकराज बरालले मन्तव्य राख्नुभएको थियो । ..Full story

२०६९।१।२४ आइतवार
Monday, 14th May, 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले जावलाखेल, ललितपुरमा नेपाल जेसुइत संस्थाको हीरक जयन्ती समारोहको समुद्घाटन गर्नुभयो । समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल अझ उज्ज्वल भविष्यका लागि कुनै पनि जाति, धर्मबीच बिना कुनै भेदभावका साथ न्यायपूर्ण र सबैका लागि समान अवसर प्राप्त गर्न सक्ने बृहत परिवर्तनको मार्ग प्रशस्त गरिरहेको अवस्थामा शिक्षाको भूमिका महत्वपूर्ण रहने कुरा व्यक्त गर्नुका साथै विविधताका बाबजुद एक आपसी सद्भाव र सहिष्णु नेपाली समाजको सदस्य भएकोमा आफूलाई गर्व लागेको मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा हीरक जयन्ती समारोह समिति अध्यक्ष तथा प्राचार्य फा.अमृत राई, नेपाल जेसुइत संस्थाका अध्यक्ष फा.बोनिफस तिग्गाले मन्तव्य राख्नुका साथै सेन्ट जेभियर्स स्कूलका विद्यार्थीहरुबाट नृत्य तथा गीति नृत्य प्रस्तुत भएको थियो । ..Full story

२०६९।१।२४ आइतवार
Monday, 14th May, 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले आनन्दकुटी विहार, स्वयम्भूमा २५५६ औं बुद्धजयन्तीको उपलक्ष्यमा आयोजित सार्वजनिक बौद्ध सभामा सहभागी हुनुभयो । समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले गौतम बुद्धको अस्तुधातुको दर्शन गर्नुभएको थियो साथै उहाँले बुद्धका प्रमुख उपदेशहरूमा अहिंसाको पालना गर्दै, सम्पूर्ण मानव जाति एवम् हरेक प्राणीप्रति उहाँले दर्शाउनु भएको दया र प्रेमको सन्देश वर्तमान आधुनिक विश्वमा अझ सान्दर्भिक हुँदै आएको तथा “वैरभावले वैरभाव कहिल्यै शान्त हुँदैन, मैत्रीभावले मात्र वैरभाव शान्त हुन्छ” भनी गौतम बुद्धले दिनुभएको उपदेश हाम्रा लागि सधैं मननीय र पालना गर्न योग्य आदर्शको रुपमा रहेका छन् भन्नुभयो । समारोहमा सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई, बुद्धजयन्ती समारोह समिति २५५६ का महासचिव श्री संघरत्न शाक्य र उपाध्यक्ष श्री रमेश मानन्धर, बृहत्तर लुम्बिनी विकास समितिका राष्ट्रिय निर्देशक भिक्षु कोण्डन्य, राजदूतहरू म्यानमारका महामहिम श्री ऊ थेट ऊ, श्रीलंकाका राजदूतावास प्रतिनिधि, संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि श्री रोवर्ट पाइपर, आनन्दकुटी विहारका कार्यवाहक प्रमुख श्री धर्ममूर्ति महास्थवीर ले मन्तव्य राख्नुका साथै भिक्षु अश्वघोष महास्थवीरबाट पञ्चशील प्रदान गर्नुुभएको थियो । समारोहमा २५५६ औं बुद्धजयन्तीको उपलक्ष्यमा आयोजित चित्रकला प्रतियोगितामा पुरस्कृत ४ जना प्रतियोगीहरू तथा एकजना दातालाई प्रमाणपत्र वितरण भएको थियो । ..Full story

२०६९।१।२२ शुक्रवार
Monday, 14th May, 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले सिराहा जिल्लाको कर्जन्हा–२, कर्जन्हा बजारस्थित फूलकुमारी महतो मेमोरियल अस्पताल भवनको समुद्घाटन गर्नुृभयो । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले फूलकुमारी मेमोरियल ट्रष्ट अन्तर्गत उक्त अस्पतालको स्थापना गर्नुभएको हो । सोही दिन सम्माननीय राष्ट्रपतिज्यूले महोत्तरी जिल्लाको जलेश्वर–५ स्थित नेपाल पत्रकार महासंघ, महोत्तरी जिल्ला शाखाको नवनिर्मित भवनको समुद्घाटन गर्नुभयो त्यसैगरी सम्माननीय राष्ट्रपतिज्यूले जनकपुरधाम–८, ज्ञानकूपस्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको शतवार्षिकी समारोहको समेत समुद्घाटन गर्नुभयो । उक्त दिन सम्माननीय राष्ट्रपतिज्यूले धनुषाको सपहीश्वर महादेव मन्दिरको समुद्घाटन गर्नुका साथै महोत्तरी जिल्लाको सुन्दरपुर–७, सिंहासिनी कुटीस्थित रामलाला मन्दिरको दर्शन अवलोकन समेत गर्नुभयो । ..Full story

२०६९।१।२० बुधवार
Monday, 14th May, 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले शीतलनिवासमा कम्प्यूटर एशोसिएशन अफ नेपालले आयोजना गरेको राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको उपलक्ष्यमा सूचना तथा संचार प्रविधि पुरस्कार वितरण समारोह २०६९ मा सूचना तथा संचार प्रविधि उत्कृष्ट उद्यमी ः श्री मुनीबहादुर शाक्य, सूचना तथा संचार प्रविधिमा सार्वजनिक क्षेत्रको उत्कृष्ट प्रयोगकर्ता ः महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी सूचना तथा संचार प्रविधिमा निजि क्षेत्रको उत्कृष्ट प्रयोगकर्ताः ठमेल डट कम लाई हस्तान्तरण गर्नुभयो । समारोहमा विज्ञान तथा प्रविधि मन्त्री माननीय श्री कल्पना धमला उपस्थित हुनुहुन्थ्यो । ..Full story

२०६९।१।१५ शुक्रवार
Monday, 14th May, 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले कमलादी, काठमाडौंमा भारत–नेपाल क्राफ्ट फेस्टिवलको समुद्घाटन गर्नुभयो । समारोहमा यस प्रकारका कार्यक्रमको आयोजनाले दक्ष र सिपालु हस्तकलाकर्मीलाई आफ्नो कला प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने मात्र नभई साझा मानवीय मूल्य, ऐतिहासिकता र सम्पदालाई अभिलिखित गर्ने अवसर प्रदान गर्दछ भन्नुभयो । समारोहमा नेपालका लागि भारतीय राजदूत महामहिम श्री जयन्त प्रसाद, नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक, श्री सुवास निरौला र दक्षिण एशिया फाउण्डेसनका महासचिव श्री राहुल बरुवाले मन्तव्य व्यक्त गर्नुभएको थियो । ..Full story

२०६९।१।१५ शुक्रवार
Monday, 14th May, 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले शीतलनिवासमा सत्य प्रेम फाउण्डेसन, काठमाडौंले आयोजना गरेको एक समारोहबीच “शैलेश्वरी रागसागर पुस्तक र शैलेश्वरी भजन माला अडियो सिडि” को विमोचन गर्नुभयो । समारोहमा गान्धर्व संगीत विद्यालयका प्रमुख श्री चन्दनकुमार श्रेष्ठ, खैरहनी– ६, चितवनका श्री अजयकुमार छतकुली, निलकण्ठ– ५, धादिङका श्री कोपनकुमार श्रेष्ठ र कमलामाई न.पा.– ६, सिन्धुलीका श्री लालबहादुर वाईबालाई प्रशंसा पत्र प्रदान भएको थियो । ..Full story

२०६९।१।१ शुक्रबार
Monday, 14th May, 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले काभ्रेपलाञ्चोक जिल्लाको कानपुरस्थित श्री कालिका माता मन्दिरको समुद्घाटन गर्नुभयो । सोही दिन सम्माननीय राष्ट्रपतिज्यूले सिराहा जिल्लाको सिसबनी, पडरियास्थित सलहेस महोत्सव, फूलवारी समारोहको समुद्घाटनका साथै ओखलढुंगा जिल्लाको रामपुर, वरुणेश्वरस्थित श्री शहीद आदर्श क्याम्पस भवनको समुद्घाटन गर्नुभएको थियो । ..Full story

२०६८।१२।२८ मंगलबार
Monday, 14th May, 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले धनुषामा यूवा नाट्यशाला परिषद्द्वारा आयोजित मिथिला नाट्य महोत्सव २०६८ को समुद्घाटन गर्नुभयो । ..Full story
Displaying 1 - 10 of 60

Message From President
 
6th May , 2012

उभौली चाडको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

6th May , 2012

२५५६ औं बुद्ध जयन्तीको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

13th April , 2012

नववर्ष २०६९ को अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूको शुभकामना सन्देश

24th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट सोनाम ल्होसारको अवसरमा दिनु भएको शुभकामना सन्देश

15th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा दिनु भएको शुभकामना सन्देश

25th December , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट क्रिसमसको उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देश

1st November , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले छठ पर्व २०६८ को शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

27th October , 2011

नेपाल सम्वत् ११३२ को शुभ अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले दिनुभएको शुभकामना सन्देश


Public Notice
 
8th January , 2012

Shortlisting of Consulting Firms for Detailed Engineering Design of Official Residence of the President

3rd January , 2012

राष्ट्रपति आवास गृहको अवधारणा प्रारुपण प्रतियोगिताको नतिजा