|
|
|
|
|
|
| Press Release |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
| Message From President (सन्देश) |
किरातहरुको महान् सांस्कृतिक चाड उभौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
विविध सांस्कृतिक परम्पराहरुबाट समृद्ध हाम्रा यसप्रकारका चाडपर्वहरुको संरक्षण र सम्वद्र्धनबाट देशमा आपसी सद्भावको अभिवृद्धि भई समुन्नत सामाजिक संरचनाको सिर्जना गर्ने कार्यमा दरिलो टेवा मिल्नेछ भन्ने विश्वासका साथ यस अवसरमा सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
हामी सबै नेपालीको जय होस् ।
मिति २०६९ वैशाख २४ गते आइतवार । ..Full story
महामानव गौतम बुद्धको २५५६ औं जन्म जयन्तीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरु एवम् समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त
गर्दछु ।
२५५६ बर्ष अघि यसै देशको लुम्बिनीमा जन्म लिनु भई विश्वभर शान्ति, अहिंसा र प्रेमको सन्देश फैलाउन सफल शान्तिका अग्रदूत भगवान गौतम बुद्धका उपदेशहरु आज पनि उत्तिकै सान्दर्भिक र जीवनोपयोगी छन् भन्ने मैले ठानेको छु ।
आजको यस पवित्र दिनले नेपालका सम्पूर्ण धर्मावलम्बी, जातजाति, भाषाभाषी जो जहाँ बसेको भए पनि एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्नेछ भन्ने मैले आशा लिएको छु ।
धन्यवाद ।
हामी सबै नेपालीको जय होस् ।
मिति २०६९ वैशाख २४ गते आइतवार । ..Full story
आदरणीय दिदी बहिनी तथा दाजु भाइहरू,
नयाँ वर्ष २०६९ को शुभ दिनको शुभ बिहानीमा स्वदेश तथा विदेशमा रहनु हुने समस्त नेपालीहरूमा शान्ति, सुख र संमृद्धिको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु । विक्रम संवत् २०६९ ले आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू बिच आपसी बन्धुत्व र सद्भाव अभिवृद्धिमा विशेष योगदान गर्न सकोस् भनी कामना पनि गर्दछु ।
विक्रम संवत् २०६२÷६३ को जनआन्दोलन मार्पmत् प्राप्त लोकतान्त्रिक गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता ऐतिहासिक उपलब्धिहरूको व्यवस्थापन हाम्रा लागि अझै पनि चुनौतीकै रुपमा रहेका छन् । पछिल्ला दिनमा शान्ति प्रक्रियामा भएका केही सकारात्मक पहलकदमीले अवश्य पनि आशा र सम्भावना जगाएका छन् । मुलुक र आम जनताको अहिलेको अपेक्षा संविधान सभाको बाँकी अवधि भित्रै नयाँ लोकतान्त्रिक संविधानको निर्माण र कार्यान्वयन हो । लामो समयदेखिको राजनीतिक अन्योल र अस्थिरताको अन्त्यसंगै मुलुकलाई आर्थिक र सामाजिक विकासको पक्षमा डो¥याउन पनि संविधान निर्माण प्रक्रियाले पूर्णता पाउनु अपरिहार्य भएको छ । जननिर्वाचित संविधान निर्माण प्रक्रियाले संविधानसभाले बनाउने संघीय लोकतान्त्रिक संविधान नै गणतन्त्र नेपालको आधारशीला हुने कुरामा कसैमा पनि द्विविधा रहनु हुँदैन ।
प्राकृतिक र सामाजिक विविधता हामी नेपालीहरूको मौलिक पहिचान हो भने विविधता भित्रको एकता हाम्रो विशेषता । नेपाली समाजका नैसर्गिक गुणका रुपमा रहेका आपसी सद्भाव, सहचार्य, सहिष्णुता, राष्ट्रिय एकता र अखण्डतालाई मजबूत पार्न हरेक नेपालीले आ–आफ्नो स्थानबाट योगदान पु¥याउन पनि हार्दिक आग्रह गर्दछु ।
सबै नेपालीको जय होस् ।
मिति २०६९ वैशाख १ गते शुक्रवार । ..Full story
सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ..Full story
माघी पर्व एवं माघे संक्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ..Full story
इसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण क्रिश्चियन धर्मावलम्बी दिदी–बहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ..Full story
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले छठ पर्व २०६८ को शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश ..Full story
नेपाल सम्वत् ११३२ को शुभ अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले दिनुभएको शुभकामना सन्देश ..Full story
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले दीपावली तथा तिहार पर्व २०६८ को शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश ..Full story
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू,
विश्वमा सन् २००८ देखि नवीनतम अभियानको रूपमा शुरू भएको विश्व हात धुने दिवसले निरन्तरता पाइरहेकोमा मलाई खुशी लागेको छ । गतवर्ष जस्तै यसवर्ष पनि हामी नेपालमा चौथो विश्व हात धुने दिवस मनाईरहेका छौं ।
..Full story
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
| |
|