सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग संविधानसभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्गले आज राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नु भयो।
भेटका अवसरमा उहाँहरुबीच सरकार गठन तथा समसामयिक राजनीतिक विषयमा छलफल भयो।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग एस.ओ.एस.बालग्रामका अन्तर्राष्ट्रिय अध्यक्ष श्री हेलमुट कुटिनबाट आज राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नुभयो।
सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूलाई श्री कुटिनले रुपन्देहीमा स्थापित नयाँ एस.ओ.एस.बालग्राम भवनको आश्विन १९ गते मंगलबारका दिन उद्घाटन कार्यक्रमको लागि प्रमुख आतिथ्यता ग्रहण गर्न अनुरोध गर्नुभयो।
उक्त अवसरमा एस.ओ.एस.बालग्रामनेपालका कार्यकारी समितिका अध्यक्ष प्रा.डा.विश्वकेशर मास्के, राष्ट्रिय निर्देशक श्री शंकर प्रधानाङ्ग तथा श्रीमती सुषमा पोखरेल समेतको उपस्थिति थियो।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग संविधानसभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्बाङ्गले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो।
भेटका अवसरमा उहाँहरुबीच सरकार गठन, संविधान निर्माण लगायत अन्य समसामयिक विषयमा छलफल भएको थियो।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नु भएका वेलायतका राजदूत H.E. Dr. Andrew hall र Democratic People's Republic of Korea का राजदूत H.E. Mr. Jang Yong Chol बाट आज राष्ट्रपति भवन, शीतल निवासमा विदाई भेट गर्नुभयो।
भेटका अवसरमा नेपाल र ती मुलुकका बीचको आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपालले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो।
भेटका अवसरमा वहाँहरु बीच नयाँ प्रधानमन्त्रीको निर्वाचन लगायत अन्य समसामयिक विषयमा छलफल भएको थियो।