मिति २०६७ साल पौष १९ गते
सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष नेपालका लागि मित्रराष्ट्र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका नव नियुक्त आवासीय राजदूत H.E. Mr. Kim Young Su र मित्रराष्ट्र युनाटेड अरब इमिरेट्सका गैर–आवसीय राजदूत H.E. Mr. Mohammaed Sultan AI Owais बाट प्रस्तुत भएको ओहोदाको प्रमाणपत्र आज राष्ट्रपति भवन, शीतल निवासमा एक विशेष समारोहका बीच ग्रहण गर्नु भयो।सम्माननीय राष्ट्रपतिज्यूले ओहोदाको प्रमाणपत्र पेश गर्नु हुने राजदूतहरूलाई बधाई दिनु हुँदै वहाँहरूको कार्यकालमा नेपालसँग ती मुलुकहरूको सम्बन्ध अझै विकसित हुँदै जाने विश्वास व्यक्त गर्नु भयो।।


