Press Release
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा संवत् २०६९ साल जेठ ४ गते बिहीबारका दिन दिनको १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा व्यवस्थापिका–संसदको एघारौं अधिवेशन आह्वान गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसंग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले नियमित भेट गर्नुभयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले संविधान निर्माण प्रक्रियाका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूलाई अवगत गराउनु भएको थियो ।
२०६९ वैशाख ३० गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा मौजुदा मन्त्रिपरिषद्का मन्त्री माननीय श्री राजेन्द्र महतोलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री पदमा पद तथा गोपनीयताको शपथ गराउनु भयो । समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय मन्त्रीज्यूहरू, राजनीतिक दलका नेताहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
२०६९ वैशाख २७ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसँग संविधान सभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्गज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो । भेटका अवसरमा वहाँहरूबीच संविधान निर्माण र आगामी दिनका कार्यतालिकाका विषयमा छलफल भएको थियो ।
२०६८ चैत्र २२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमदत्त नगरपालिका वडा नं. १८, कञ्चनपुरका डा. मायाकुमारी शर्मालाई स्टेट अफ कतारका लािग, मादन कुँडारी गा.वि.स. वडा. नं. ४, काभ्रेपलाञ्चोकका श्री कमानसिंह लामालाई गणतन्त्र कोरियाका लागि नेपाली राजदुतमा नियुक्ति गर्नु भएको छ । त्यसै गरि सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विराटनगर उप–महानगरपालिका वडा नं. १०, मोरङ्गका डा. महेशकुमार मास्केलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैर आवासीय राजदुत र अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदुत श्री श्यामलाल तवदारलाई गणतन्त्र ट्यूनिसियाका लागि पनि गैर आवासीय राजदुत नियुक्त गर्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

Magh 2067 (माघ)

२०६७ माघ २९ गते

सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ४० बमोजिम नियुक्त माननीय उप–प्रधानमन्त्री श्री भरतमोहन अधिकारीलाई अर्थ मन्त्रालयको कार्यभार तोक्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

२०६७ माघ २७ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतलनिवासमा नवनियुक्त माननीय उप प्रधानमन्त्री श्री भरतमोहन अधिकारी तथा माननीय मन्त्रीहरु श्री विष्णु पौडेल र श्री गंगालाल तुलाधरलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

सो समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, संविधान सभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्ग, संवैधानिक निकायका प्रमुखहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरु र राजनीतिक दलका नेताहरू समेतको उपस्थिति रहेको थियो ।

२०६७ माघ २५ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले आज प्रातः ११:३५ बजेको शुभ समयमा काठमाडौंको वसन्तपुर, नासलचोक हनुमानढोका जानुभई विधिवत रूपमा वसन्त श्रवण गर्नुभयो ।

कार्यक्रममा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनाल, सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ लगायत समाजका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

२०६७ माघ २३ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादव समक्ष नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ गर्नु भयो ।
सो समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, संविधान सभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्ग, सम्माननीय प्रधानन्यायाधीश श्री राम प्रसाद श्रेष्ठ, माननीय मन्त्रीहरू, संविधान सभाका माननीय उपाध्यक्ष, माननीय सभासद्हरू, राजनीतिक दलका प्रमुख तथा शीर्ष नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका विशिष्ट अधिकृतहरू, कूटनीतिक नियोगका प्रमुखहरू तथा सामाजिक जीवनका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Message From President
 
6th May , 2012

उभौली चाडको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

6th May , 2012

२५५६ औं बुद्ध जयन्तीको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

13th April , 2012

नववर्ष २०६९ को अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूको शुभकामना सन्देश

24th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट सोनाम ल्होसारको अवसरमा दिनु भएको शुभकामना सन्देश

15th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा दिनु भएको शुभकामना सन्देश

25th December , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट क्रिसमसको उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देश

1st November , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले छठ पर्व २०६८ को शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

27th October , 2011

नेपाल सम्वत् ११३२ को शुभ अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले दिनुभएको शुभकामना सन्देश


Public Notice
 
8th January , 2012

Shortlisting of Consulting Firms for Detailed Engineering Design of Official Residence of the President

3rd January , 2012

राष्ट्रपति आवास गृहको अवधारणा प्रारुपण प्रतियोगिताको नतिजा