Press Release
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा संवत् २०६९ साल जेठ ४ गते बिहीबारका दिन दिनको १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा व्यवस्थापिका–संसदको एघारौं अधिवेशन आह्वान गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसंग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले नियमित भेट गर्नुभयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले संविधान निर्माण प्रक्रियाका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूलाई अवगत गराउनु भएको थियो ।
२०६९ वैशाख ३० गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा मौजुदा मन्त्रिपरिषद्का मन्त्री माननीय श्री राजेन्द्र महतोलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री पदमा पद तथा गोपनीयताको शपथ गराउनु भयो । समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय मन्त्रीज्यूहरू, राजनीतिक दलका नेताहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
२०६९ वैशाख २७ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसँग संविधान सभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्गज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो । भेटका अवसरमा वहाँहरूबीच संविधान निर्माण र आगामी दिनका कार्यतालिकाका विषयमा छलफल भएको थियो ।
२०६८ चैत्र २२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमदत्त नगरपालिका वडा नं. १८, कञ्चनपुरका डा. मायाकुमारी शर्मालाई स्टेट अफ कतारका लािग, मादन कुँडारी गा.वि.स. वडा. नं. ४, काभ्रेपलाञ्चोकका श्री कमानसिंह लामालाई गणतन्त्र कोरियाका लागि नेपाली राजदुतमा नियुक्ति गर्नु भएको छ । त्यसै गरि सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विराटनगर उप–महानगरपालिका वडा नं. १०, मोरङ्गका डा. महेशकुमार मास्केलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैर आवासीय राजदुत र अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदुत श्री श्यामलाल तवदारलाई गणतन्त्र ट्यूनिसियाका लागि पनि गैर आवासीय राजदुत नियुक्त गर्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

Kartik 2067 ( कार्तिक )

मितिः २०६७ साल कार्तिक २९ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग साउदी अरेबियाका राजकुमार His Royal Highness Prince Alwaleed Bin Talal Abdulaziz Alsaud ले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो ।
भेटका अवसरमा दुई मुलुक बीचको आपसी हित र दुई पक्षीय सम्बन्धको थप विस्तारको बारेमा छलफल भएको थियो । सो अवसरमा His Royal Highness Prince Alwaleed Bin Talal Abdulaziz Alsaud ले नेपालमा आर्थिक लगानीको सम्भावनाबारे अध्ययन गर्ने, सामाजिक क्षेत्रका परियोजनाहरुमा सहयोग गर्ने मनसाय व्यक्त गर्नुभयो । वहाँले नेपालमा साउदी अरेबियाको राजदुतावास स्थापना गर्ने बिषयमा सम्बन्धित निकायसंग पहल गर्ने कुरा पनि सम्माननीय राष्ट्रपतिज्यू समक्ष व्यक्त गर्नुभयो ।

मितिः २०६७ साल कार्तिक ८ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय उपराष्ट्रपति परमानन्द झाले आज राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नुभयो ।

भेटका अवसरमा वहाँहरू बीच सम्माननीय राष्ट्रपतिज्यूको आसन्न चीन भ्रमण र सम्माननीय उपराष्ट्रपतिज्यूले हालै सम्पन्न गर्नु भएको चीन भ्रमणका सम्बन्धमा छलफल भयो ।

मितिः २०६७ साल कार्तिक ८ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नु भएका रूसका राजदूत H.E. Mr. Andrey Leonidovich Trofimov बाट आज राष्ट्रपति भवन, शीतल निवासमा विदाई भेट गर्नुभयो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले H.E. Mr. Andrey Leonidovich Trofimov लाई दुई मुलुक बीचको आपसी हित र दि्वपक्षीय सम्बन्धको थप विस्तारका लागि पु–याउनु भएको योगदानका लागि धन्यवाद दिनु भयो ।

मितिः २०६७ साल कार्तिक ७ गते

सम्माननीय राष्ट्रपति डा=रामवरण यादवज्यूसँग आज राष्ट्रपति भवन, शीतल निवासमा World Association of Press Council को यहि अक्टोबर २३ देखि २७, २०१० सम्म नेपालमा भइरहेको बैठकमा सहभागी हुन नेपाल आउनुभएका World Association of Press Council का अध्यक्ष सहित अन्य पदाधिकारीहरुले सामूहिक भेट गर्नुभयो ।

उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यू र विभिन्न मुलुकका प्रेस प्रतिनिधिहरु बीच विश्वमा शान्ति र स्थिरता तथा जनताको सुसूचित हुने अधिकारप्रति प्रेसको दायित्व र भूमिकाका सम्बन्धमा कुराकानी भएको थियो

मितिः २०६७ साल कार्तिक ४ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यू सँग आज राष्ट्रपति भवन, शीतल निवासमा मधेसी जनअधिकार फोरमका अध्यक्ष तथा माननीय सभासद् उपेन्द्र यादव, माननीय उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय कुमार गच्छदार, ने.क.पा. मालेका महासचिव तथा माननीय सभासद् सि.पि. मैनाली र ने.क.पा. संयुक्तका अध्यक्ष श्री चन्द्रदेव जोशी ले छुट्टा छुट्टै भेट गर्नुभयो ।

उक्त भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले वहाँहरू सँग संविधान निर्माण तथा शान्ति प्रक्रियामा देखिएका जटिलता र ति जटिलतालाई कसरी सहज रूपमा निकास दिन सकिन्छ भन्ने विषयमा छलफल गर्नुभयो । साथै अहिले देखिएको जटिलतालाई सबै दलहरू मिलि समाधान गर्न दलका नेताहरूलाई सम्माननीय राष्ट्रपतिज्यूले आग्रह समेत गर्नुभयो ।

मितिः २०६७ साल कार्तिक ४ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग आज राष्ट्रपति भवन, शीतल निवासमा चिँनिया राजदूत H.E. Mr Qiu Guohong ले भेट गर्नुभयो ।
भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको आसन्न चीन भ्रमण कार्यक्रमको विषयमा महामहिम राजदूतले सम्माननीय राष्ट्रपतिज्यूलाई जानकारी गराउनुभयो ।

मितिः २०६७ साल कार्तिक २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले आज विहान राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपाल, एकिकृत ने.क.पा. माओवादीका अध्यक्ष श्री पुष्पकमल दाहाल "प्रचण्ड", नेपाली काँग्रेसका सभापति श्री सुशील कोइराला र ने.क.पा. एमालेका अध्यक्ष श्री झलनाथ खनालसँग संयुक्त रूपमा वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल गर्नुभयो ।

उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले तोकिएको अवधि भित्र संविधान निर्माण एवं शान्ति प्रकियाको टुंगो, सरकार निर्माण र वार्षिक कार्यक्रममा बजेट आउन नसक्दा उत्पन्न परिस्थितिका बारेमा प्रधानमन्त्री एवं प्रमुख दलका शीर्ष नेताहरू सँग गम्भीर चासो व्यक्त गर्नुभयो । यस किसिमका समस्याहरूको समाधानको निम्ति संविधानसभा मार्फत नेपालको अन्तरिम संविधान, २०६३ तथा वृहत शान्ति सम्झौता, २०६३ का आधारमा राजनीतिक दलहरू बीच उच्च सहमती कायम गरी समाधान खोज्न आग्रह गर्नुभयो । साथै सम्माननीय राष्ट्रपतिज्यूले वर्तमान अवस्थामा राजनीतिक दलहरू बीच आपसी विश्वास, सहमति र सहकार्यको विकल्प नरहेको धारणा समेत राख्नुभयो ।

Message From President
 
6th May , 2012

उभौली चाडको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

6th May , 2012

२५५६ औं बुद्ध जयन्तीको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

13th April , 2012

नववर्ष २०६९ को अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूको शुभकामना सन्देश

24th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट सोनाम ल्होसारको अवसरमा दिनु भएको शुभकामना सन्देश

15th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा दिनु भएको शुभकामना सन्देश

25th December , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट क्रिसमसको उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देश

1st November , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले छठ पर्व २०६८ को शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

27th October , 2011

नेपाल सम्वत् ११३२ को शुभ अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले दिनुभएको शुभकामना सन्देश


Public Notice
 
8th January , 2012

Shortlisting of Consulting Firms for Detailed Engineering Design of Official Residence of the President

3rd January , 2012

राष्ट्रपति आवास गृहको अवधारणा प्रारुपण प्रतियोगिताको नतिजा