Press Release
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा संवत् २०६९ साल जेठ ४ गते बिहीबारका दिन दिनको १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा व्यवस्थापिका–संसदको एघारौं अधिवेशन आह्वान गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसंग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले नियमित भेट गर्नुभयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले संविधान निर्माण प्रक्रियाका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूलाई अवगत गराउनु भएको थियो ।
२०६९ वैशाख ३० गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा मौजुदा मन्त्रिपरिषद्का मन्त्री माननीय श्री राजेन्द्र महतोलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री पदमा पद तथा गोपनीयताको शपथ गराउनु भयो । समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय मन्त्रीज्यूहरू, राजनीतिक दलका नेताहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
२०६९ वैशाख २७ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसँग संविधान सभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्गज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो । भेटका अवसरमा वहाँहरूबीच संविधान निर्माण र आगामी दिनका कार्यतालिकाका विषयमा छलफल भएको थियो ।
२०६८ चैत्र २२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमदत्त नगरपालिका वडा नं. १८, कञ्चनपुरका डा. मायाकुमारी शर्मालाई स्टेट अफ कतारका लािग, मादन कुँडारी गा.वि.स. वडा. नं. ४, काभ्रेपलाञ्चोकका श्री कमानसिंह लामालाई गणतन्त्र कोरियाका लागि नेपाली राजदुतमा नियुक्ति गर्नु भएको छ । त्यसै गरि सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विराटनगर उप–महानगरपालिका वडा नं. १०, मोरङ्गका डा. महेशकुमार मास्केलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैर आवासीय राजदुत र अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदुत श्री श्यामलाल तवदारलाई गणतन्त्र ट्यूनिसियाका लागि पनि गैर आवासीय राजदुत नियुक्त गर्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

Chaitra 2066 ( चैत्र )

मिति : २०६६ चैत्र २९ गते

पत्रकार श्री भरत भूर्तेलको यही २०६६ चैत्र २७ गते भएको आकस्मिक निधनबाट सम्माननीय राष्ट्रपति डा. रामवरण यादव अत्यन्त दुःखीत हुनु भएको छ।

सार्वजनिक जीवनमा रहँदा सम्माननीय राष्ट्रपति र स्वर्गीय भूर्तेल बीच विगत दुई दशक देखि आपसी सम्बन्ध रहँदै आएको थियो। श्री भूर्तेल डेढ वर्ष अघि देखि सम्माननीय राष्ट्रपतिको जीवनी लेख्ने कार्यमा लाग्नु भएको थियो। जीवनी लेख्ने क्रममा सम्माननीय राष्ट्रपति र उहाँ वीच भएका पटकपटकका भेटघाट र वार्तालापबाट उहाँहरु वीच थप निकटको सम्बन्ध विकास भएको थियो। श्री भूर्तेलले सम्माननीय राष्ट्रपतिज्यूको जीवनीको पाण्डुलिपि तयार पारी केही महिना अघि नै प्रकाशक कहाँ पठाई सक्नु भएको थियो। भएको थियो।

यसै बीच काठमाडौंको गौशाला स्थित एक होटलमा भएको श्री भूर्तेलको असामयिक निधनको सम्बन्धमा संवद्ध निकायहरुबाट अनुसन्धान भइरहेको सन्दर्भमा सो अनुसन्धानमा संवद्ध सबै पक्षबाट आवश्यक सहयोग हुनेछ भन्ने विश्वास सम्माननीय राष्ट्रपतिले लिनुभएको छ।

सम्माननीय राष्ट्रपतिले पत्रकार श्री भूर्तेलको असामयिक निधन प्रति गहिरो दुःख प्रकट गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्नु भएको छ। सम्माननीय राष्ट्रपतिले स्वर्गीय भूर्तेलको धर्मपत्नी, छोरीहरु तथा शोक सन्तप्त परिवारजनहरु प्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ। ्दिक समवेदना व्यक्त गर्नु भएको छ।

मिति : २०६६ चैत्र २५ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र भारतका लागि नेपाली राजदूत श्री रूक्म शम्शेर ज.व.रा.लाई भूटानका लागि समेतराजदूत नियुक्त गर्नु भएको छ।

मिति : २०६६ चैत्र ९ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यू आज मिति २०६६ साल चैत्र ९ गते आफ्नो गृह जिल्ला धनुषातर्फ प्रस्थान गर्नुभएको छ।

वहाँ सपही गा.वि.स. स्थित आफ्नो निवासमा केही दिन रहनु हुने भएकोले यो सूचना जारी गरिएको छ।

मिति : २०६६ चैत्र ५ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसँग सम्माननीय प्रधानमन्त्री श्री माधवकुमार कुमार नेपालले आज राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नु भयो।

संसदको आउँदो सातौं अधिवेशन, देशको वर्तमान अवस्था र समसामयिक राजनीतिक परिस्थितिको विषयमा उहाँहरुकोछलफलकेन्द्रित रहेको थियो।

मिति : २०६६ चैत्र ५ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसँग नेपाल कम्यूनिष्ट पार्टी एमालेकाअध्यक्षश्री झलनाथखनालले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नु भयो।

देशको वर्तमान परिस्थिति, शान्तिप्रकृया र निर्धारित समयभित्र संविधाननिर्माणको कार्य सम्पन्नहुनु पर्ने विषयमा छलफलकेन्द्रित रहेको थियो।

मिति : २०६६ चैत्र ५ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा संवत् २०६६ साल चैत्र महिनाको २२ गते आईतबारका दिन दिनको १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर मा व्यवस्थापिका संसदको सातौं अधिवेशन आव्हान गर्नु भएकोले यो सूचना प्रकाशनगरिएको छ।

मिति : २०६६ चैत्र ४ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग एकीकृत नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) का अध्यक्ष श्री पुष्प कमल दाहाल 'प्रचण्ड' ले आज राष्ट्रपति भवन शितल निवासमा शिष्टाचार भेट गर्नुभयो।

भेटका अवसरमा देशको वर्तमान परिस्थिति, संविधान निर्माण र शान्ति प्रक्रियाका सम्बन्धमा राष्ट्रपतिज्यूले चासो व्यक्त गर्नुभयो।
सम्माननीय राष्ट्रपतिज्यूले सो अवसरमा देशको प्रमुख राजनैतिक दलको अध्यक्ष, पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षीदलको नेता समेतका दृष्टिले उहाँलाई समयमै संविधान निर्माण, शान्ति प्रक्रियाको टुङ्गो लगायतका विषयमा मुख्य दायित्व रहनेतर्फ समेत संवेदनशील हुन ध्यानाकर्षण गराउनुका साथै समयमै राजनीतिक सहमति र सहकार्यको माध्यमबाट राष्ट्रिय दायित्व पूरा गर्नुहुने कुराप्रति विश्वास व्यक्त गर्न।

Message From President
 
6th May , 2012

उभौली चाडको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

6th May , 2012

२५५६ औं बुद्ध जयन्तीको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

13th April , 2012

नववर्ष २०६९ को अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूको शुभकामना सन्देश

24th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट सोनाम ल्होसारको अवसरमा दिनु भएको शुभकामना सन्देश

15th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा दिनु भएको शुभकामना सन्देश

25th December , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट क्रिसमसको उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देश

1st November , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले छठ पर्व २०६८ को शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

27th October , 2011

नेपाल सम्वत् ११३२ को शुभ अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले दिनुभएको शुभकामना सन्देश


Public Notice
 
8th January , 2012

Shortlisting of Consulting Firms for Detailed Engineering Design of Official Residence of the President

3rd January , 2012

राष्ट्रपति आवास गृहको अवधारणा प्रारुपण प्रतियोगिताको नतिजा