सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग चिनीया कम्युनिष्ट पार्टीका सचिव महामहिम श्री हे योङ्गको नेतृत्वमा आएको उच्चस्तरीय नेता सहित २१ जनाको प्रतिनिधी म48डलले आज शिष्टाचार भेट गर्यो।
भेटका अवसरमा परापूर्वकालदेखि नेपाल र चीनबीच सरकार तथा जनस्तरमा रहेको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै यो सम्बन्धलाई अझ फराकिलो एवं गाढा बनाउन प्रस्तुत भ्रमण सहायक हुने विश्वास दुवै पक्षबाट व्यक्त गरियो। यस अवसरमा चिनीया पक्षबाट चीन सरकारले आगामी दिनहरुमा नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण तथा विकासको प्रयासमा अझ बढी सहयोग गर्ने दृढता समेत व्यक्त भयो।
भेटका क्रममा नेपाली पक्षबाट नेपाल सदैव एक चीन नीतिप्रति अडिग रहेको विश्वास समेत दिलाईयो। सो अवसरमा चिनीया पक्षबाट नेपालले चीनलाई क्षेत्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा गरिरहेको सहयोगको सराहना गर्दै सांघाई एक्स्पोको समापन समारोहमा सम्माननीय राष्ट्रपतिज्यूको उपस्थितिलाई चीन सरकार तथा जनताले उच्च सम्मानसाथ प्रतिक्षा गरिरहेको कुरा समेत व्यक्त भएको छ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष वेलायतका राजदूत ज्।भ्। : च। व्यजल त्यअपलयतत : द्यभ्, डेनमार्कका आवासीय राजदूत ज्।भ्। : च। : यचतभल व्भकउभचकभल र ओमानका गैर आवासीय राजदूत ज्।भ्। : च। क्जभष्पज ज्ग्कबष्म द्यष्ल ब्ष् िब्(िःबबलष् बाट पेश भएको ओहोदाको प्रमाणपत्र आज राष्ट्रपति भवन, शीतल निवासमा एक समारोहका वीच ग्रहण गर्नुभयो।
सो अवसरमा ओहादाको प्रमाण पत्र प्रस्तुत गर्नु हुँदै नेपालका लागि बेलायतका राजदूतले नेपालको शान्ति प्रक्रिया र आर्थिक तथा सामाजिक विकासमा बेलायत सरकारको निरन्तर सहयोग रहने व्यहोरा बताउनु भयो। त्यसै गरी डेनमार्कका राजदूतले नेपालको शान्ति प्रक्रियाको सफलताको लागि आफ्नो देशको चासो रहेको र नेपालमा लोकतन्त्रको सुदृढीकरण भएको हेर्न चाहेको बताउनु भयो। ओमानका राजदूतले नेपाल तथा ओमान बीच पर्यटन तथा व्यापारका सम्भावनाहरु प्रशस्त रहेको र ओमानी लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनु हुँदै ओमानमा संचालित विभिन्न आयोजनाहरुमा नेपाली कामदारहरुको संख्या बढाउन ओमान सरकार इच्छुक रहेको बताउनु भयो।
सम्माननीय राष्ट्रपतिज्यूले ओहोदाको प्रमाणपत्र पेश गर्नु हुने राजदूतहरुलाई बधाई ज्ञापन गर्नु हुँदै निजहरुको कार्यकालमा नेपालसँगको सम्बन्ध अझै विकसित हुँदै जाने आशा व्यक्त गर्नु भयो
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग राष्ट्रिय मानव अधिकार आयोग अध्यक्ष श्री केदारनाथ उपाध्याय, सदस्यहरु श्री रामनगिना सिंह र श्री गौरी प्रधानलेे आज राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नु भयो।
भेटका अवसरमा उहाँहरूले “आयोगको एक दशक उजुरी उपर आयोगका सिफारिसहरु (वि.सं. २०५७–२०६७)” पुस्तक सम्मानीय राष्ट्रपतिज्यूू समक्ष प्रस्तुत गर्नु भयो। साथै उहाँहरुले आयोगले सम्पादन गरेका कार्यहरु, मानव अधिकारको अवस्था, आयोगको सिफारिस कार्यान्वयनको अवस्था लगायत आयोगले भोग्नुु परेको समस्याहरुका बारेमा सम्मानीय राष्ट्रपतिज्यूलाई अवगत गराउनु भएको थियो।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपालले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो।
भेटका अवसरमा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको थियो।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नु भएका डेनमार्कका राजदूत ज्।भ्। : च। ँष्लल त्जष्कितभम बाट आज राष्ट्रपति भवन, शीतल निवासमा विदाई भेट गर्नुभयो।
भेटका अवसरमा दुुई मुलुुकका बीचको आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपालले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो।
भेटका अवसरमा वहाँहरु बीच नयाँ प्रधानमन्त्रीको निर्वाचन लगायत अन्य समसामयिक विषयमा छलफल भएको थियो।