सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्रीलंकाका लागि नेपाली राजदूत श्री सुशीलचन्द्र अमात्यलाई माल्दिभ्सका लागि समेत नेपाली राजदूत नियुक्त गर्नु भएको छ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जर्मनीका लागि नेपाली राजदूत श्री सुरेशप्रसाद प्रधानलाई अष्ट्रिया, हंगेरी, स्लोभेनिया, चेक गणतन्त्र, पोल्याण्ड तथा होली सिका लागि समेत नेपाली राजदूत नियुक्त गर्नु भएको छ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग सम्माननीय उपराष्ट्रपति परमानन्द झाले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो।
भेटका अवसरमा वहाँहरु बीच समसामयिक विषयमा कुराकानी भएको थियो ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपाल १६औं सार्क शिखर सम्मेलनको सिलसिलामा यही २०६७ साल वैशाख १४ गते मंगलवार भुटानतर्फ प्रस्थान गर्नु भएकोले वहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री श्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी तोक्नुभएकोले यो विज्ञप्ति जारी गरिएको छ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग मित्रराष्ट्र ईस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री His Excellency Mr. Syed Yousaf Raza Gillani ले आज राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गर्नुभयो।
भेटका अवसरमा वहाँहरु बीच सार्कका गतिविधिका साथै दुई देशको आपसी हित र सहयोगका बारेमा कुराकानी भएको थियो। ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. श्री सुरेशचन्द्र चालिसेलाई आयरल्याण्डका लागि समेत नेपाली राजदूत नियुक्त गर्नु भएको छ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नु भएका ईजिप्टका राजदूत H.E. Mr. Abdelhamid Mahmoud Soleiman बाट आज राष्ट्रपति भवन, शीतल निवासमा विदाई भेट गर्नुभयो।
भेटका अवसरमा दुई मुलुकको आपसी हित र सहयोगका बारेमा छलफल भएको थियो। ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग श्री अशोक अग्रवाल सहितका उद्योगपति, व्यापारी एवं बैकिङ्ग क्षेत्रका १० सदस्यीय प्रतिनिधि मण्डलले आज राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्यो।
भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष उक्त प्रतिनिधि मण्डलले देशमा विद्यमान अवस्थाका कारणले उद्योग व्यवसायमा आएको मन्दी र संकटबारे चिन्ता व्यक्त गरेको थियो।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग सम्माननीय उप–राष्ट्रपति श्री परमानन्द झाज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो।