सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपालले मिति २०६७।०३।१६ मा प्रधानमन्त्री पदबाट लिखित राजिनामा दिनु भएकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम सम्वत् २०६७ आषाढ २३ गते बुधवार सम्ममा राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नको लागि व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुलाई सम्माननीय राष्ट्रपतिले आव्हान गर्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपालले आज राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नु भयो।
भेटका अवसरमा वहाँहरु बीच व्यवस्थापिका संसदको आठौं अधिवेशन बोलाउने विषयमा छलफल भएको थियो।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग सम्माननीय प्रधानमन्त्री श्री माधव कुमार नेपालज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो।
भेटका अवसरमा वहाँहरु बीच समसामयिक विषयमा छलफल भएको थियो।