सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग मित्र राष्ट्र चीनको क्tanding Committee of the Political Bureau of the CPC Central Committee का सदस्य तथा Political and Legislative Affairs Committee of the CPC Central Committeeका सचिव H.E. Mr. Zhou Yongkang को नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट ग-यो ।
भेटका अवसरमा दुवै पक्षबाट परापूर्वकालदेखि नेपाल र चीन बीच सरकार तथा जनस्तरमा रहेको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै यो सम्बन्धलाई भविष्यमा अझ फराकिलो एवं गाढा बनाउन वर्तमान उच्चस्तरीय भ्रमण सहायक हुने विश्वास व्यक्त गरियो । यस अवसरमा चिनीयाँ पक्षबाट चीन सरकारले आगामी दिनहरुमा नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण तथा विकासको प्रयासमा अझ बढी सहयोग गर्ने दृढता समेत व्यक्त भयो ।
भेटका क्रममा नेपाली पक्षबाट नेपाल सदैव एक चीन नीति प्रति अडिग रहँदै आफ्नो भूमिलाई मित्रराष्ट्र चीन विरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध रहेको कुरा व्यक्त गरियो । सो अवसरमा चिनीयाँ पक्षले नेपालले चीनलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा गरिरहेको सहयोगको सराहना समेत गरेको थियो ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष सम्माननीय प्रधानमन्त्री झलनाथ खनालले मिति २०६८।०४।२९ मा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (७) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनु भएकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम सम्वत् २०६८ भाद्र ४ गते आइतबारका दिन दिनको १७:०० बजे सम्ममा राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नको लागि व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुलाई सम्माननीय राष्ट्रपतिले आव्हान गर्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादव समक्ष सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले आज नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (७) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजिनामा दिनु भएकोले सोही धाराको उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।
साथै वर्तमान मन्त्रिपरिषद्द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति सम्माननीय राष्ट्रपतिद्वारा सम्माननीय प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुप्रति धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले आज राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय प्रधानमन्त्री झलनाथ खनाल, एनेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालासंग संयुक्त भेटघाट गर्नुभयो ।
तीन राजनीतिक दलका शीर्ष नेताहरूसंगको उक्त भेटघाटमा शान्ति प्रक्रिया र संविधान निर्माण लगायतका विषयहरूमा छलफल भएको थियो ।
सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतलनिवासमा नवनियुक्त उपप्रधान एवम् गृह मन्त्री माननीय श्री नारायणकाजी श्रेष्ठ; सूचना तथा सञ्चार मन्त्री माननीय श्री पोष्टबहादुर बोगटी; स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री लोकेन्द्रबहादुर विष्ट; शान्ति तथा पुनर्निमाण मन्त्री माननीय श्री पम्फा भुषाल; भूमिसुधार तथा व्यवस्था मन्त्री माननीय श्री हिसिला यमी; विज्ञान तथा प्रविधि मन्त्री माननीय श्री लेखराज भट्ट; महिला, बालबालिका तथा समाजकल्याण मन्त्री माननीय श्री जयपुरी घर्ती; उद्योग मन्त्री माननीय श्री महेन्द्र पासवान; युवा तथा खेलकुद मन्त्री माननीय श्री ओनसरी घर्ती र वाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री विजयकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डुमरवाना गा.वि.स. वडा नं. ९, बारा निवासी श्री उदयराज पाण्डेलाई साउदी अरेबिया अधिराज्यका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।