Press Release
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा संवत् २०६९ साल जेठ ४ गते बिहीबारका दिन दिनको १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा व्यवस्थापिका–संसदको एघारौं अधिवेशन आह्वान गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसंग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले नियमित भेट गर्नुभयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले संविधान निर्माण प्रक्रियाका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूलाई अवगत गराउनु भएको थियो ।
२०६९ वैशाख ३० गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा मौजुदा मन्त्रिपरिषद्का मन्त्री माननीय श्री राजेन्द्र महतोलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री पदमा पद तथा गोपनीयताको शपथ गराउनु भयो । समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय मन्त्रीज्यूहरू, राजनीतिक दलका नेताहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
२०६९ वैशाख २७ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसँग संविधान सभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्गज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो । भेटका अवसरमा वहाँहरूबीच संविधान निर्माण र आगामी दिनका कार्यतालिकाका विषयमा छलफल भएको थियो ।
२०६८ चैत्र २२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमदत्त नगरपालिका वडा नं. १८, कञ्चनपुरका डा. मायाकुमारी शर्मालाई स्टेट अफ कतारका लािग, मादन कुँडारी गा.वि.स. वडा. नं. ४, काभ्रेपलाञ्चोकका श्री कमानसिंह लामालाई गणतन्त्र कोरियाका लागि नेपाली राजदुतमा नियुक्ति गर्नु भएको छ । त्यसै गरि सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विराटनगर उप–महानगरपालिका वडा नं. १०, मोरङ्गका डा. महेशकुमार मास्केलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैर आवासीय राजदुत र अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदुत श्री श्यामलाल तवदारलाई गणतन्त्र ट्यूनिसियाका लागि पनि गैर आवासीय राजदुत नियुक्त गर्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

2068 Magh (माघ)

२०६८ माघ २७ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसँग संविधानसभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्गज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो । भेटका अवसरमा वहाँहरू बिच समसामयिक विषयहरूमा छलफल भएको थियो ।

२०६८ माघ २४ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यू समक्ष महान्यायाधिवक्ता श्री मुक्ति नारायण प्रधानले आज राष्ट्रपति भवन, शीतलनिवासमा एक समारोहकाबीच नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३६ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०६७÷०६८ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले महान्यायाधिवक्ताको कार्यालयलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

२०६८ माघ २२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ बत्तीसपुतली निवासी श्री शंकरदास वैरागीलाई जेनेभास्थित संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संघसंस्थाका लागि नेपालको स्थायी नियोगमा स्थायी प्रतिनिधि पदमा नियुक्ति गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

२०६८ माघ १ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूले माघे संक्रान्तिका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित शान्त दिवा भोजमा संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्षस्थ नेताहरूसँग सामूहिक भेटघाट गर्नु भयो ।
उक्त भेटघाटका अवसरमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष
श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति श्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष श्री झलनाथ खनाल, मधेशी जनअधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष एवम् माननीय उपप्रधानमन्त्री श्री विजयकुमार गच्छदार, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष श्री महन्थ ठाकुर, पूर्व प्रधानमन्त्रीज्यूहरू, माननीय उपप्रधानमन्त्री एवम् मन्त्रीज्यूहरू लगायत विभिन्न राजनीतिक दलका अध्यक्ष एवम् नेताहरूको उपस्थिति रहेको थियो ।
यस अनौपचारिक भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट बाँकी अवधिमा शान्ति प्रक्रिया तथा संविधान निर्माणको कार्य पूरा हुने विश्वास लिँदै सोका लागि सबै नेताहरूसँग आग्रह गर्नु भएको थियो ।

Message From President
 
6th May , 2012

उभौली चाडको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

6th May , 2012

२५५६ औं बुद्ध जयन्तीको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

13th April , 2012

नववर्ष २०६९ को अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूको शुभकामना सन्देश

24th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट सोनाम ल्होसारको अवसरमा दिनु भएको शुभकामना सन्देश

15th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा दिनु भएको शुभकामना सन्देश

25th December , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट क्रिसमसको उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देश

1st November , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले छठ पर्व २०६८ को शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

27th October , 2011

नेपाल सम्वत् ११३२ को शुभ अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले दिनुभएको शुभकामना सन्देश


Public Notice
 
8th January , 2012

Shortlisting of Consulting Firms for Detailed Engineering Design of Official Residence of the President

3rd January , 2012

राष्ट्रपति आवास गृहको अवधारणा प्रारुपण प्रतियोगिताको नतिजा