२०६८ जेष्ठ १२ गते
आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष श्री झलनाथ खनाल, एनेकपा माओवादीका अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालासँग राष्ट्रपति भवन, शीतलनिवासमा सामूहिक भेटघाट गर्नु भयो ।उक्त सामूहिक भेटमा सम्माननीय राष्ट्रपतिज्यूले शान्ति प्रक्रिया र संविधान निर्माण सम्बन्धमा जिज्ञासा राख्नु भई सहमतिका आधार अघि बढाउन आग्रह गर्नुभएको थियो । साथै तीन दलका शीर्ष नेताहरुले आ–आफ्ना धारणा सहित सहमति कायम गर्न प्रयास भैरहेको जानकारी गराउनुभएको थियो ।


