|
|
|
|
|
|
| Press Release |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
2068 Baishak (वैशाख)
|
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनाल टर्कीको राजधानी इस्तानबुलमा आयोजना हुने अति कम विकसित मुलुकहरुको चौथो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिने सिलसिलामा संवत् २०६८ साल वैशाख २३ गते शुक्रबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उप–प्रधानमन्त्री एवं अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्री श्री भरतमोहन अधिकारीले सम्हाल्ने गरी तोक्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गर्नुभयो ।
वहाँहरू बीच सम्माननीय प्रधानमन्त्री टर्कीको इस्तान्बुलमा आयोजना हुने अति कम विकसित राष्ट्रहरूको चौथो राष्ट्रसंघीय सम्मेलनमा सो समूहको अध्यक्षको रूपमा सहभागी हुने विषयका साथै अन्य समसामयिक विषयमा कुराकानी भएको थियो ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसमक्ष नवनियुक्त सम्माननीय प्रधानन्यायाधीश खिलराज रेग्मीले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।
उक्त शपथ ग्रहण समारोहमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, संविधानसभाका सम्माननीय अध्यक्ष, माननीय उपप्रधानमन्त्री, माननीय कानून तथा न्यायमन्त्री, माननीय मन्त्रीहरू, सर्वोच्च अदालतका माननीय न्यायाधीशहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू, महान्यायधिवक्ताज्यू, नेपाल बार एशोसिएसनका अध्यक्षज्यू, नेपाल कानुन आयोगका अध्यक्षज्यू लगायता अन्य विशिष्ट महानुभावहरूको समुपस्थिति रहेको थियो ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०३ को उपधारा (१) बमोजिम संबैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री खिलराज रेग्मीलाई सम्वत् २०६८ साल बैशाख २३ गते देखि लागू हुने गरी सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा नियुक्ति गर्नु भएको छ ।
साथै सम्माननीय राष्ट्रपतिले निवर्तमान प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठलाई उहाँले आफ्नो कार्यकालमा सम्पादन गर्नु भएको कार्यको लागि हार्दिक धन्यवाद समेत दिनु भएको छ ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतलनिवासमा नवनियुक्त माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री उपेन्द्र यादव तथा माननीय सूचना तथा सञ्चार मन्त्री श्री अग्निप्रसाद सापकोटा, माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री श्री शक्तिबहादुर बस्नेत, माननीय मन्त्री श्री घनश्याम भुसाल (कार्यभार पछि तोकिने), माननीय शान्ति तथा पुननिर्माण मन्त्री श्री विश्वनाथ शाह, माननीय भूमिसुधार तथा व्यवस्था मन्त्री श्री रामचरण चौधरी, माननीय कानुन तथा न्याय मन्त्री श्री प्रभु साह, माननीय युवा तथा खेलकूद मन्त्री श्री हितबहादुर तामाङ, माननीय कृषि तथा सहकारी मन्त्री श्री हरिनारायण यादव, माननीय श्रम तथा यातायात व्यवस्था मन्त्री श्री मोहम्मद इस्तियाक राई, माननीय वातावरण मन्त्री श्री सुनिलकुमार मानन्धर, माननीय सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री श्री खगेन्द्रप्रसाद प्रसाईँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।
सो समारोहमा सम्माननीय उपराष्ट्रपति परमानन्द झा, संविधानसभाका सम्माननीय अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग, माननीय उपप्रधानमन्त्रीहरू, माननीय मन्त्री तथा राज्यमन्त्रीहरू, माननीय सभासदहरू, राजनतिक दलका नेताहरू, संवैधानिक अंगका प्रमुख र निजामति, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको समुपस्थिति रहेको थियो ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री झलनाथ खनाल, ए.ने.क.पा. माओवादीका अध्यक्ष श्री पुष्पकमल दाहाल 'प्रचण्ड'ज्यू र नेपाली काँग्रेसका सभापति श्री सुशील कोइरालाज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नुभयो ।
भेटका अवसरमा वहाँहरू बीच शान्ति प्रक्रिया टुँगोमा पु¥याउने र संविधान निर्माण प्रक्रियालाई गति दिने विषयमा छलफल भएको थियो ।
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतलनिवासमा नवनियुक्त माननीय उर्जामन्त्री श्री गोकर्ण विष्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।
सो समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय उपप्रधानमन्त्रीहरु, माननीय मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
| |
|