Press Release
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा संवत् २०६९ साल जेठ ४ गते बिहीबारका दिन दिनको १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा व्यवस्थापिका–संसदको एघारौं अधिवेशन आह्वान गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसंग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले नियमित भेट गर्नुभयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले संविधान निर्माण प्रक्रियाका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूलाई अवगत गराउनु भएको थियो ।
२०६९ वैशाख ३० गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा मौजुदा मन्त्रिपरिषद्का मन्त्री माननीय श्री राजेन्द्र महतोलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री पदमा पद तथा गोपनीयताको शपथ गराउनु भयो । समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय मन्त्रीज्यूहरू, राजनीतिक दलका नेताहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
२०६९ वैशाख २७ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसँग संविधान सभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्गज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो । भेटका अवसरमा वहाँहरूबीच संविधान निर्माण र आगामी दिनका कार्यतालिकाका विषयमा छलफल भएको थियो ।
२०६८ चैत्र २२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमदत्त नगरपालिका वडा नं. १८, कञ्चनपुरका डा. मायाकुमारी शर्मालाई स्टेट अफ कतारका लािग, मादन कुँडारी गा.वि.स. वडा. नं. ४, काभ्रेपलाञ्चोकका श्री कमानसिंह लामालाई गणतन्त्र कोरियाका लागि नेपाली राजदुतमा नियुक्ति गर्नु भएको छ । त्यसै गरि सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विराटनगर उप–महानगरपालिका वडा नं. १०, मोरङ्गका डा. महेशकुमार मास्केलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैर आवासीय राजदुत र अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदुत श्री श्यामलाल तवदारलाई गणतन्त्र ट्यूनिसियाका लागि पनि गैर आवासीय राजदुत नियुक्त गर्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

2067 Falgun (फागुन)

२०६७ फागुन २९ गते

सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ र ४० बमोजिम मौजुदा मन्त्रिपरिषदमा देहाय बमोजिम कार्यविभाजन हेरफर गरी थप गरिएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
१. श्री कृष्णबहादुर महरा उपप्रधानमन्त्री - सूचना तथा सञ्चार; कानुन तथा न्याय; भूमिसुधार व्यवस्था; स्वास्थ्य तथा जनसंख्या ।

२. श्री टोपबहादुर रायमाझी मन्त्री - भौतिक योजना तथा निर्माण; श्रम तथा यातायात व्यवस्था ।

३. श्री वर्षमान पुन मन्त्री - शान्ति तथा पुनर्निर्माण; युवा तथा खेलकुद ।

४. श्री खड्गबहादुर विश्वकर्मा मन्त्री - पर्यटन तथा नागरिक उड्डयन; महिला, बालबालिका तथा समाजकल्याण ।

२०६७ फागुन २३ गते

सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ४० बमोजिम नियुक्त माननीय मन्त्री श्री विष्णुप्रसाद पौडेलाई रक्षा मन्त्रालय र माननीय मन्त्री श्री गंगालाल तुलाधरलाई शिक्षा मन्त्रालयको कार्यभार तोक्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

– – – – – – – – – – – – – –

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसंग संयुक्त अधिराज्य वेलायतका विकास तथा अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी राज्यमन्त्री HE Mr. Alan Duncan  बाट  आज शिष्टाचार भेट गर्नुभयो ।

भेटका अवसरमा द्विपक्षिय हित तथा आपसी सहयोगका विषयमा छलफल भयो ।

२०६७ फागुन २० गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतलनिवासमा नवनियुक्त उप-प्रधानमन्त्री  एवम् सूचना तथा संचार मन्त्री माननीय श्री कृष्ण बहादुर महरा, भौतिक योजना तथा निर्माण मन्त्री माननीय श्री टोप बहादुर रायमाझी, शान्ति तथा पुनर्निमाण मन्त्री माननीय  श्री वर्षमान पुन र पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री खडग बहादुर विश्वकर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय उप-प्रधानमन्त्री, माननीय मन्त्रीहरु, राजनीतिक दलका नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

२०६७ फागुन १२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय उपराष्ट्रपति   श्री परमानन्द झाले आज राष्ट्रपति भवन, शीतलनिवासमा भेट गर्नु भयो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले कुवेतको राजकीय भ्रमणका बारेमा सम्माननीय उपराष्ट्रपतिज्यूलाई जानकारी गराउनुका साथै वहाँहरूबीच अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो ।

 ------------------------------

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नुभयो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले कुवेत भ्रमणका बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुका साथै वहाँहरूबीच अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो ।

------------------------------

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसंग दक्षिण कोरियाको Ministry of Knowledge Economy का महामहिम उपमन्त्री तथा महामहिम राष्ट्रपतिका विशेष दूत Mr. Park Young June ले आज शिष्टाचार भेट गर्नुभयो ।

भेटका अवसरमा कोरिया र नेपालबीच वातावरण, IT, जलश्रोत, पर्यटन, सामाजिक क्षेत्र तथा लगानीका अन्य क्षेत्रमा भइरहेको सहयोग र भावी सहयोगको सम्भावना बारे छलफल भएको थियो ।

२०६७ फागुन ९ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यू समक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री राम प्रसाद श्रेष्ठले आज राष्ट्रपति भवन, शीतलनिवासमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ११७ को उपधारा (१) बमोजिम सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन (२०६६–२०६७) पेश गर्नु भयो ।

सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले कानुनको शासन कायम गर्ने लोकतान्त्रिक मूल्य र मर्यादामा न्यायपालिकाबाट सहयोग पुग्ने धारणा राख्दै उपस्थित सम्माननीय प्रधान न्यायाधीश र सबै माननीय न्यायधीशहरुलाई धन्यवाद दिनु भयो ।   

२०६७ फागुन ५ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसंग टर्कीका विदेशमन्त्री महामहिम H.E. Mr. Ahmet Davutoglu  ले आज शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा निकट भविष्यमा संयुक्त राष्ट्रसंघको तत्वावधानमा टर्कीमा आयोजना हुन गइरहेको अल्पविकसित राष्ट्रहरूको सम्मेलन तथा दुई देशबीच आपसी हितका विषयमा छलफल भएको थियो ।

२०६७ फागुन ४ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालले आज राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नुभयो ।

भेटका अवसरमा वहाँहरूबीच समसामयिक विषयमा छलफल भएको थियो ।

२०६७ फागुन ३ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका–संसदको हैसियतमा बसेको संविधान सभाको सम्वत् २०६७ साल फागुन ३ गते मंगलबार बसेको बैठकबाट पारित देहाय बमोजिमका विधेयकहरु नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८७ बमोजिम आज प्रमाणीकरण गर्नुभएकोले यो सूचना प्रकाशन गरिएको छ ।

सि.नं.   ऐन नं.   विवरण
  १       ५           विनियोजन ऐन, २०६७
  २       ६           आर्थिक ऐन, २०६७
  ३       ७           राष्ट्र ऋण उठाउने ऐन, २०६७
  ४       ८           ऋण तथा जमानत (अठारौं संशोधन) ऐन, २०६७

२०६७ फागुन २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूको समुपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा आज सम्माननीय प्रधानन्यायाधीश श्री रामप्रसाद श्रेष्ठबाट नवनियुक्त महान्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौलालाई महान्यायाधिवक्ताको पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

२०६७ फागुन १ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३४ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा दधिकोट–९, भक्तपुर निवासी प्रा.डा. श्री युवराज संग्रौलालाई नेपालको महान्यायाधिवक्ता नियुक्ति गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको  छ ।


Message From President
 
6th May , 2012

उभौली चाडको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

6th May , 2012

२५५६ औं बुद्ध जयन्तीको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

13th April , 2012

नववर्ष २०६९ को अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूको शुभकामना सन्देश

24th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट सोनाम ल्होसारको अवसरमा दिनु भएको शुभकामना सन्देश

15th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा दिनु भएको शुभकामना सन्देश

25th December , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट क्रिसमसको उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देश

1st November , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले छठ पर्व २०६८ को शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

27th October , 2011

नेपाल सम्वत् ११३२ को शुभ अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले दिनुभएको शुभकामना सन्देश


Public Notice
 
8th January , 2012

Shortlisting of Consulting Firms for Detailed Engineering Design of Official Residence of the President

3rd January , 2012

राष्ट्रपति आवास गृहको अवधारणा प्रारुपण प्रतियोगिताको नतिजा