Press Release
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा संवत् २०६९ साल जेठ ४ गते बिहीबारका दिन दिनको १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा व्यवस्थापिका–संसदको एघारौं अधिवेशन आह्वान गर्नुभएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
२०६९ जेठ २ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूसंग राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले नियमित भेट गर्नुभयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले संविधान निर्माण प्रक्रियाका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूलाई अवगत गराउनु भएको थियो ।
२०६९ वैशाख ३० गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको समुपस्थितिमा सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज राष्ट्रपति भवन, शीतलनिवासमा मौजुदा मन्त्रिपरिषद्का मन्त्री माननीय श्री राजेन्द्र महतोलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री पदमा पद तथा गोपनीयताको शपथ गराउनु भयो । समारोहमा सम्माननीय उपराष्ट्रपति श्री परमानन्द झा, माननीय मन्त्रीज्यूहरू, राजनीतिक दलका नेताहरू, निजामती सेवा, जंगी तथा सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
२०६९ वैशाख २७ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसँग संविधान सभाका सम्माननीय अध्यक्ष श्री सुवासचन्द्र नेम्वाङ्गज्यूले आज राष्ट्रपति भवन, शीतल निवासमा नियमित भेट गर्नु भयो । भेटका अवसरमा वहाँहरूबीच संविधान निर्माण र आगामी दिनका कार्यतालिकाका विषयमा छलफल भएको थियो ।
२०६८ चैत्र २२ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमदत्त नगरपालिका वडा नं. १८, कञ्चनपुरका डा. मायाकुमारी शर्मालाई स्टेट अफ कतारका लािग, मादन कुँडारी गा.वि.स. वडा. नं. ४, काभ्रेपलाञ्चोकका श्री कमानसिंह लामालाई गणतन्त्र कोरियाका लागि नेपाली राजदुतमा नियुक्ति गर्नु भएको छ । त्यसै गरि सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विराटनगर उप–महानगरपालिका वडा नं. १०, मोरङ्गका डा. महेशकुमार मास्केलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैर आवासीय राजदुत र अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदुत श्री श्यामलाल तवदारलाई गणतन्त्र ट्यूनिसियाका लागि पनि गैर आवासीय राजदुत नियुक्त गर्नु भएकोले यो विज्ञप्ति जारी गरिएको छ ।

2067 Chaitra (चैत्र)

२०६७ चैत्र २२ गते

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूसंग नेपालमा आफ्नो कार्यकाल पूरा गरी फर्कन लाग्नु भएका मित्र राष्ट्र चीनका राजदूत H.E. Mr. Qiu Guohong  ले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले  H.E. Mr. Qiu Guohong  लाई दुई मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धको थप विस्तारका लागि पुर्‍याउनु भएको योगदानका लागि धन्यवाद दिनुभयो ।

२०६७ चैत्र १३ गते

 सम्माननीय राष्ट्रपति डा. रामवरण यादवसँग मित्र राष्ट्र भारतका ५ वटा राजनैतिक दलका ६ जना युवा सांसदहरूले आज राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । भेटमा बिजु जनता दलका मा. श्री कैलाशनारायण सिंह देव, सिक्किम डेमोक्रेटिक फ्रन्टका मा. श्री ओ.टी. लेप्चा, भारतीय राष्ट्रिय कंग्रेसका मा. श्री प्रदिप माझी, भारतीय जनता पार्टीका मा. श्री कमलेस पासवान र मा. श्री सञ्जय जयसवाल र समाजवादी पार्टीका मा. श्री निरज शेखर सहभागी रहनु भएको थियो ।

भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले भारतको लोकतान्त्रिक अभ्यासको प्रसंशा गर्दै नेपालप्रति भारतको सदैव सद्भावना र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारत र नेपालका युवा सांसदहरूबीच हुन लागेको सद्भावना भ्रमणको आदान प्रदान र अन्र्तक्रियाबाट दुई देशबीचका साझा समस्याहरू बुझ्न र समाधान पहिल्याउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो । 

२०६७ चैत्र ३ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले उहाँ समक्ष नेपालका लागि होली सी, फिलिपिन्स, आर्मेनिया र बेल्जियमका गैर आवासीय राजदूतहरू क्रमशः  H.E. Most Reverend Salvatore Pennacchio, H.E. Mr. Ronald B. Allarey, H.E. Mr. Ara Hakobyan  H.E.Mr. Pierre VAESEN बाट पेश भएको ओहोदाको प्रमाणपत्र आज राष्ट्रपति भवन, शीतलनिवासमा एक समारोहका वीच ग्रहण गर्नुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले ओहोदाको प्रमाणपत्र पेश गर्नु हुने राजदूतहरूलाई बधाई ज्ञापन गर्नु हुँदै वहाँहरूको कार्यकालमा नेपालसंग मित्रराष्ट्रहरु होली सी, फिलिपिन्स, आर्मेनिया र बेल्जियमको  सम्बन्ध अझै विकसित हुँदै जाने विश्वास व्यक्त गर्नु भयो ।

२०६७ चैत्र १ गते

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले उहाँ समक्ष नेपालका लागि साइप्रस, इटाली, पेरु र चेक गणतन्त्रका नव नियुक्त गैर आवासीय राजदूतहरू क्रमशः H.E. Ms. Nafsiak Chr. Krousti, H.E.Mr. Ciacomo Sanfelice di Monteforte, H.E. Mr. Javier Paulinich र H.E. Mr. Miloslav Stasek  बाट पेश भएको ओहोदाको प्रमाणपत्र आज राष्ट्रपति भवन, शीतलनिवासमा एक समारोहका वीच ग्रहण गर्नुभयो ।

सम्माननीय राष्ट्रपतिज्यूले ओहोदाको प्रमाणपत्र पेश गर्नु हुने राजदूतहरूलाई बधाई ज्ञापन गर्नु हुँदै वहाँहरूको कार्यकालमा नेपालसंग मित्रराष्ट्र साइप्रस, इटाली, पेरु र चेक गणतन्त्रको सम्बन्ध अझै विकसित हुँदै जाने विश्वास व्यक्त गर्नु भयो ।


Message From President
 
6th May , 2012

उभौली चाडको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

6th May , 2012

२५५६ औं बुद्ध जयन्तीको अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूले दिनुभएको शुभकामना सन्देश

13th April , 2012

नववर्ष २०६९ को अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूको शुभकामना सन्देश

24th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट सोनाम ल्होसारको अवसरमा दिनु भएको शुभकामना सन्देश

15th January , 2012

सम्माननीय राष्ट्रपति डा.रामवरण यादवज्यूबाट माघी पर्व तथा माघे संक्रान्तिको अवसरमा दिनु भएको शुभकामना सन्देश

25th December , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट क्रिसमसको उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देश

1st November , 2011

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले छठ पर्व २०६८ को शुभ अवसरमा दिनुभएको शुभकामना सन्देश

27th October , 2011

नेपाल सम्वत् ११३२ को शुभ अवसरमा सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले दिनुभएको शुभकामना सन्देश


Public Notice
 
8th January , 2012

Shortlisting of Consulting Firms for Detailed Engineering Design of Official Residence of the President

3rd January , 2012

राष्ट्रपति आवास गृहको अवधारणा प्रारुपण प्रतियोगिताको नतिजा