|
|
|
|
|
|
| Press Release |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
 |
|
Dr. Ram Baran Yadav President Federal Democratic Republic of Nepal |
|
 |
|
Baman Prasad Neupane Secretary Office of the President |
|
|
|
|
|
|
|
|
|
| Recent Events |
| |
|
|
 |
|
२०६९।१।२९ शुक्रवार
सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रपति भवन, शीतलनिवासमा शब्द संयोजन साहित्यिक मासिक मोदनाथ प्रश्रित विशेषाङ्को विमोचन गर्नुभयो । समारोहमा प्रा.राजेन्द्र सुवेदी, प्रा. डा. माधव प्रसाद पोखरेल, श्री मोदनाथ प्रश्रित, श्री वासुदेव अधिकारी र डा.जीवेन्द्रदेव गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
|
 |
|
२०६९।१।२५ सोमवार
सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा प्रा.डा.लोकराज बरालद्वारा लिखित NEPAL-Nation-State In The Wilderness पुस्तकको विमोचन गर्नुभयो । समारोहमा सेज प्रकाशन भारतका प्रमुख श्री विवेक मेहरा, संवैधानिक सम्वाद केन्द्रका राष्ट्रिय निर्देशक प्रा.कृष्ण प्रसाद खनाल, वरिष्ठ पत्रकार तथा स्तम्भकार श्री आदित्य मान श्रेष्ठ, मण्डला बुक प्वाइन्टका प्रमुख श्री माधव महर्जन तथा प्रा.डा.लोकराज बरालले मन्तव्य राख्नुभएको थियो ।
|
 |
|
२०६९।१।२४ आइतवार
सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले जावलाखेल, ललितपुरमा नेपाल जेसुइत संस्थाको हीरक जयन्ती समारोहको समुद्घाटन गर्नुभयो । समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल अझ उज्ज्वल भविष्यका लागि कुनै पनि जाति, धर्मबीच बिना कुनै भेदभावका साथ न्यायपूर्ण र सबैका लागि समान अवसर प्राप्त गर्न सक्ने बृहत परिवर्तनको मार्ग प्रशस्त गरिरहेको अवस्थामा शिक्षाको भूमिका महत्वपूर्ण रहने कुरा व्यक्त गर्नुका साथै विविधताका बाबजुद एक आपसी सद्भाव र सहिष्णु नेपाली समाजको सदस्य भएकोमा आफूलाई गर्व लागेको मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा हीरक जयन्ती समारोह समिति अध्यक्ष तथा प्राचार्य फा.अमृत राई, नेपाल जेसुइत संस्थाका अध्यक्ष फा.बोनिफस तिग्गाले मन्तव्य राख्नुका साथै सेन्ट जेभियर्स स्कूलका विद्यार्थीहरुबाट नृत्य तथा गीति नृत्य प्रस्तुत भएको थियो ।
|
 |
|
२०६९।१।२४ आइतवार
सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले आनन्दकुटी विहार, स्वयम्भूमा २५५६ औं बुद्धजयन्तीको उपलक्ष्यमा आयोजित सार्वजनिक बौद्ध सभामा सहभागी हुनुभयो । समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले गौतम बुद्धको अस्तुधातुको दर्शन गर्नुभएको थियो साथै उहाँले बुद्धका प्रमुख उपदेशहरूमा अहिंसाको पालना गर्दै, सम्पूर्ण मानव जाति एवम् हरेक प्राणीप्रति उहाँले दर्शाउनु भएको दया र प्रेमको सन्देश वर्तमान आधुनिक विश्वमा अझ सान्दर्भिक हुँदै आएको तथा “वैरभावले वैरभाव कहिल्यै शान्त हुँदैन, मैत्रीभावले मात्र वैरभाव शान्त हुन्छ” भनी गौतम बुद्धले दिनुभएको उपदेश हाम्रा लागि सधैं मननीय र पालना गर्न योग्य आदर्शको रुपमा रहेका छन् भन्नुभयो । समारोहमा सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई, बुद्धजयन्ती समारोह समिति २५५६ का महासचिव श्री संघरत्न शाक्य र उपाध्यक्ष श्री रमेश मानन्धर, बृहत्तर लुम्बिनी विकास समितिका राष्ट्रिय निर्देशक भिक्षु कोण्डन्य, राजदूतहरू म्यानमारका महामहिम श्री ऊ थेट ऊ, श्रीलंकाका राजदूतावास प्रतिनिधि, संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि श्री रोवर्ट पाइपर, आनन्दकुटी विहारका कार्यवाहक प्रमुख श्री धर्ममूर्ति महास्थवीर ले मन्तव्य राख्नुका साथै भिक्षु अश्वघोष महास्थवीरबाट पञ्चशील प्रदान गर्नुुभएको थियो । समारोहमा २५५६ औं बुद्धजयन्तीको उपलक्ष्यमा आयोजित चित्रकला प्रतियोगितामा पुरस्कृत ४ जना प्रतियोगीहरू तथा एकजना दातालाई प्रमाणपत्र वितरण भएको थियो ।
|
| |
|
|
| |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
| |
|